दमौली : राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ -१ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चुनावी कमान्डरका रुपमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाएको छ ।
शुक्रबार बसेको केन्द्रीय बैठकले बुर्लाकोटीलाई कमान्डरका रुपमा खटाएको हो ।
त्यस्तैगरी, चितवनमको चुनावी कमान्डरका रुपमा उपसभापति डोल प्रसाद अर्याल र बाराको चुनावी कमान्डरका रुपमा केन्द्रीय सदस्य गणेश कार्की खटाएको जनाएको छ ।
उपनिर्वाचनमा कुनै पनि दलसँग तालमेल नगर्ने समेत जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?