केन्द्रिय सदस्य पौडेलले भने : विकासभन्दा बेथिति धेरै भयो

दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले देशमा भ्रष्टाचार धेरै भएकाले बेथिति बढ्दै गएको बताएका छन्। शनिबार रोट्याक्ट क्लबले दमौलीमा आयोजना गरेको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले विकासभन्दा बेथिति बढी भएकाले त्यसलाई रोक्नुपर्ने बताएका हुन् ।

देशलाई संमृद्धि तर्फ लैजान सुसासन र विकासको कामहरु गर्नुपर्नेमा विकृति र विसंगति मौलाउँदै गएको उनले टिप्पणी गरे ।

रोट¥याक्ट एउटा युवापिढीलाई कसरी नेतृत्व गर्ने र गराउन सक्ने सामाजिक संस्था भएकाले अझै बढी युवापुस्ता क्लवतर्फ आकर्षित गर्नुपर्ने उनले  बताए ।

रोट¥याक्ट क्लब अफ दमौलीसहित रोट¥याक्ट क्लब अफ बज्र मनासलु, गोरखा र स्यम्बु भैसिपाटीले होस्ट गर्नेछन भने रोट¥याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसले कार्यक्रमको को(होस्ट गरेको रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले बताए ।

देशभरका १८० रोट¥याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरु आएका थिए । कार्यक्रममा देशभरबाट करिब ७ सयको हाराहारीमा उपस्थिति रहेको थियो ।

आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहुँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने समेत उक्त कार्यक्रमको उद्देश्य रहेकोे क्लबका सचिव किरण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा करिब २० लाखको खर्च रहेकोे क्लवले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?