रास्वपाले आँबुखैरेनीमा खुल्यो सम्पर्क कार्यालय

दमौली :  राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ -१ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागिआँबुखैरेनीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिले तनहुँ -१ मा उम्मेदवारी उठाउने निर्णय पछि शनिवार सम्पर्क कार्यालय स्थापना गरेको हो ।

तनहुँ–१का निर्वाचन संयोजक एवं  सहमहामन्त्री कविन्द्र बुर्लाकोटी एक समारोहका बिच सम्पर्क कार्यालयको उदघाटन गरेका हुन । कार्यक्रममा बोल्दै बुर्लाकोटीले सम्पर्क कार्यालय स्थापना भएसँगै जनताका दैनिक काममा सहयोग पुग्नुका साथै पार्टी र जनता बिचको सम्बन्ध स्थापना हुने बताए ।

सम्पर्क कार्यालय उद्धघाटन कार्यक्रममा रस्वपाका गण्डकी प्रदेशा सभापति विकास भुर्तेल , प्रदेश कमिटी सदस्य एवं जिल्ला सभापति विकास सिग्देल, आँबुखैरेनी गाउँपालिकाका सभापति राम श्रेष्ठ लगायत नेकपा नेताहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?