रोटर्‍याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स दमौलीमा सम्पन्न

तनहुँ : रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्‍याक्ट क्लब अफ दमौलीसहित अन्य रोटर्‍याक्ट क्लबको होस्ट र को-होस्टमाभएको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रम तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको छ ।

रोटर्‍याक्ट क्लब अफ दमौलीसहित रोटर्‍याक्ट क्लब अफ बज्र मनासलु, गोरखा र स्यम्बु भैसेपाटिले होस्ट गरेको उक्त कार्यक्रमकोरोटर्‍याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसले कार्यक्रमको को-होस्ट गरेको रोटर्‍याक्ट क्लब अफदमौलीका अध्यक्ष विशाल श्रेष्ठले बताए ।

आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहुँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्न उक्त कार्यक्रम गरिएको रोटर्‍याक्ट क्लबअफ दमौलीका सचिव किरण श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको अध्यक्षता रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथि प्रतिनिधि सभा सदस्यएवम् काङ्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले रहेका थिए ।

रोटर्‍याक्ट बाटो देखाउने होइन बाटो बनाएर हिँड्न सिकाउने संस्था हो : साँसद पौडेल

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्य एवम् काङ्ग्रेस केन्द्रीय सदस्य प्रदिप प्रदिप पौडेलले रोटर्‍याक्ट बाटो देखाउनेहोइन बाटो बनाएर हिँड्न सिकाउने संस्था भएको बताए ।

रोटर्‍याक्ट एउटा युवापिढीलाई कसरी नेतृत्व गर्ने र गराउन सक्ने सामाजिक संस्था भएकाले अझै बढी युवापुस्ता क्लवतर्फ आकर्षितगर्नुपर्ने उनले बताए । उनले भने ‘अहिलेको युवा पुस्ता क्लवमा आवद्ध भएर नेतृत्व गर्न सक्ने क्षमता बनाउनुका साथै आफै सक्षम बन्नसक्छन् । त्यतिमात्र होइन उनीहरुको नेतृत्व गर्ने क्षमताको विकास हुन्छ जसले गर्दा उ नेता बन्न पनि सक्छ । त्यसैले यो संस्था बाटोदेखाउने होइन बाटो बनाएर हिँड्न सिकाउने संस्था हो ।

नेता पौडेलले विकास भन्दा बेथिति बढी भएकाले त्यसलाई रोक्नुपर्ने बताए ।

देशलाई संवृद्दि तर्फ लैजान सुशासन र विकासको कामहरु गर्नुपर्नेमा विकृति र विसंगति मौलाउँदै गएको उनले टिप्पणी गरे ।

सो दोस्रो पिएस मिट र पेट्स सेट्समा रोटर्‍याक्ट क्लबका वर्तमान अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्यसदस्यहरु लाई प्रशिक्षण दिइएको थियो ।

आगामी वर्षका अध्यक्षलाई डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ लक्षमण खरेल, पुर्व डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ सुशिल कुमार कार्कि रआगामी वर्षका डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ रोशन कार्कीले प्रशिक्षण दिएका थिए ।

यस्तै आगामी वर्षका सचिवलाई रोटा वर्ष २०१७-१८ का डिष्ट्रिक सचिव प्रदिप धिताल, डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ नोमिनि क्षत्री रडिष्ट्रिक टेक्निकल अफिसर सुशन धितालले प्रशिक्षण दिएका थिए ।

त्यस्तैगरी जोनल रोटर्‍याक्ट रिप्रेन्टेटिभहरुलाई डिष्ट्रिक रोटर्‍याक्ट रिप्रेन्टेटिभ लक्षमण खरेल र डिष्ट्रिक सचिव दिनेश गैह्रेले प्रशिक्षण दिएका थिए ।

सो कार्यक्रममा होस्ट क्लब रोटर्‍याक्ट दमौलीले विभिन्न मौलिक तथा साँस्कृतिक नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा नेवा: समुदायको लाखे नाच छङ्गेली नेवा: खलबाट, नेवा तजिलजि पुच: बाट कुमारी नाच र मगर समुदायको कौरा नृत्य भिक्टोरिया डान्सएण्ड एक्टिङ स्कुलबाट प्रस्तुत भएको थियो ।

उक्त कार्यक्रममा देशभरका करिब १८० रोटर्‍याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरु आएको कार्यक्रम संयोजक पवन सिंह कार्कीले जानकारी दिए । उनका अनुसार देशभरबाट करिब ७ सयको हाराहारीमा उपस्थिति रहेकोथियो ।

कार्यक्रममा करिब २० लाखको खर्च रहेको क्लवले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?