कुनै पनि देश कत्ति सम्पन्न र शक्तिशाली छ ? भन्ने कुरा त्यो देशको विकासको गति रेखाले निर्धारण गर्छ । यदी विकासको गति
सुस्त छ भने त्यो देशले सम्पन्नताको शिखर चुम्न सक्दैन वरु गरिवी, अभाव, अशान्ति, युद्ध, भोकमरी, अशिक्षा, रोगब्याधि अनेक कष्ट
झेलिरहेको हुन्छ । । यदि विकासको गति तीव्र छ भने सजिलै सुख, शान्ति, समृद्धि छाउँछ । देशका नागरिक सधै हाँसी, खुसी, मिलनसार,
स्वस्थ्य, सक्षम, सवल, सिपयुक्त हुन्छन । चारैतिर विकासको समृद्धिको ढोका कसरी खुल्छ त ? विकासको मुलस्रोत कहाँबाट आउँछ ?
विकसित देशका इतिहासका पाना पल्टाउँदै जाने हो युवा शक्ति नै देशको विकास र समृद्धिको मुहान हुन भन्ने पुष्टि हुन्छ ।
जुन देशमा युवा जागेका छन्, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन त्यो देशमा जस्तोसुकै तानाशाहको सत्ता सखाप भएको छ । अनि जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन्, त्यो देशमा मरुभूमिमा पनि पानीको मुल फुटेको छ । पहाड मैदान भएका छन । बाँझा जमिनहरुमा अमृत समान खाद्यान्न लहलह झुलेको छ । उजाड उजाड पत्थरीलो जमिनमा सुन्दर, शक्तिशाली भव्य भवन, विद्यालय, अस्पताल, आवासगृह, उद्योग धन्धा, कलकारखाना, खुलेका छन । भंयकर ठुला नदी, ताल, समुन्द्र, पहरामा समेत चिप्ला सडक बनेर मोटर कार सललल बगेका छन । अन्धकार ठाउँहरुमा पनि झिलिमिली उज्यालो छाएको छ । कोहि भोक भोकै मर्नु परेको छैन । कोहि उपचार नपाएर अकालमा ज्यान गुमाउन परेको छैन । कोही पढ्न नपाएर भारीले किचिएर हिड्नु परेको छैन । हेर्दा र पुग्दा लाग्छ मानिसहरुले दन्त्य र पौराणिक कथामा पढ्दै र सुन्दै आएको स्वर्गको टुक्रा यही नै हो भनेर ।
हरेक देश र नागरिकको सपना हुन्छ, आफ्नो जन्मभूमि स्वर्गजस्तो सुन्दर, शान्ति, भव्य होस, जीन्दगीमा कहिल्यै पनि भोक,रोग, शोक, दुःख, कष्ट, पीडा, रोगव्याधिको सामना गर्नु नपरोस्। त्यसैले जुनसुकै देश, दल, परिवार, संघसंस्थाले आफ्नो योजना बनाउँदा विकास, समृद्धिलाई प्रमुख लक्ष्य बनाएका हुन्छन । बार्षिक बजेट होस तथा नीति, कार्यक्रम र योजना बनाउँदा सवैले विकास, समृद्धिको नारा अघि सारेका हुन्छन । कागज र भाषणमा जतिसुकै लेखेपनि विकास र समृद्धि त्यसै आउँदैन । त्यसका लागि आधुनिक सिप, क्षमता,जाँगर भएका परिश्रमी युवा शक्ति नै चाहिन्छ समृद्धिको सपना साकार पार्न । विश्वका हरेक देशले जस्तै नेपाल र नेपालीले पनि बर्षौदेखि विकास, समृद्धि, न्याय, शुशाषनको सपना देख्दै आएका छन । अहिलेको २१ औं शताब्दीसम्म आइपुग्दा विगतमा भन्दा केही सुधार भएका छन । तर जति, जुन गतिमा विकास र समृद्धि हात पार्नुपर्ने हो त्यो हुन सकिरहेको छैन । दलका नेताहरु विकास, समृद्धि र शुशाषनका कुरा गरेर थाकेका छैनन भने विकट गाउँ र शहरका समेत झोपडि वस्तीका बासिन्दाहरु भोक, रोग, शोक, गरिवीले पिल्सिएर जीउँदै मरेसरह बाँचिरहेका छन । उसो भए यो देशका युवा शक्तिले पसिना नबगाएर नेपालको यो गति भएको हो त ? पक्कै पनि नेपाली युवाले स्वदेशको माटो र विदेशमा समेत पसिनाको खोलो बगाईरहेका छन। शोषण, दमन, उत्पीडन र क्रुर शासनका विरुद्ध २००७ साल, २०४६ देखि माओवादी सशस्त्र द्धन्द र लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा रगतको खोलो र पसिना वगाएर हजारौं युवाहरुले प्राणको आहुती चढाएका हुन् । त्यसो भए कहाँ गयो त ? त्यो रगत र पसिनाको मूल्य ? अब आम सचेत नागरिकले खोज्नुपर्ने वेला आएको छ । जवसम्म हामीले आफ्नै पसिनाको मुल्यको महत्व थाहा पाउँदैनौ तबसम्म हामीले समृद्धि पाउन सक्दैनौं ।
आज गाउँका उर्वर भूमिहरु त्यसै बाँझो पल्टिएका छन । हरेक बर्ष भारत, चीन र विदेशवाट अन्न, फलफूल, तरकारी किनेर ल्याउनु परेको छ। लाखौं युवाहरु जीन्दगीभर हड्डी घोटेर बुढ्यौलीमा टेकेका आमा, वुवा, कलिला वच्चा र सुत्केरी श्रीमतिलाई भत्कन लागेको घरमा छाडेर परदेशी भूमिमा पसिना बगाउन पुगिरहेका छन । काठमाडौंको त्रिभूवन विमानस्थल र भारतीय सीमा क्षेत्रमा देश र परिवारसँगको विछोडमा आँसुको धारा वगाउँदै सुक्कसुक्क रुदै परदेशी बनेका युवाहरु देख्दा जो कोही देशभक्त नागरिकको हृदय धुजाधुजा बनेर चिरिन्छ । आँखाहरुमा पीडा, वेदनाका आँसुहरु छचल्किन्छ ।
घरपरिवारलाई गाउँमै छाडेर परदेशी बनेका युवाहरु मासिक केही हजार रुपयाँको लागि तातो मरुभूमि, अग्ला अग्ला भवन, गहिरा तेलका कुवा र उद्योगहरुमा ज्यानको बाजि लगाएर दिनरात पसिना बगाउँछन् । परिवारको सुखको लागि पसिना वगाउँदा वगाउँदा कतिपय युवाहरु दुर्घटनामा परेर प्राण त्याग्छन र बन्द बाकसमा लास वनेर घर फर्किन्छन । कतिपय युवाहरु अंगभंग भएर जीउँदो लास बनेर फर्काइएका छन ।त कतिपय आफ्नै गल्ती र कमजोरीले आपराधिक क्रियाकलाप गर्दा उत्तै मृत्युदण्डको शिकार वनेका छन ।
अर्कोतिर हुनेखानेका परिवारका युवाहरुमध्ये केही दिनरात डिस्को, डान्स, वेश्यावृत्ति, लागूपर्दाथ, गुण्डागर्दी, लुटपाटमा मस्त भएर दिन गुजारेका छन । देशको नीति, नियम वनाउने नेताहरु, मन्त्रीहरु भने आसेपासे, दलाल, ठेकेदारहरु वटुलेर कतावाट मोटो कमिसन असुल्ने, कस्लाई कहाँ सरुवा, वडुवा गरेर सात पुस्तालाई पुग्ने सम्पति जोड्ने भन्ने ध्याउन्नमा छन । नेपालमा लाउडा, वाइडबडी जहाज खरिद, गोकर्ण रिसोर्ट भाडामा दिने, वालुवाटारको जग्गा हडप्नेदेखि अहिले महामारीमा चीनवाट स्वास्थ्य सामाग्री खरिद गर्दा गरिएको अनेकभ्रष्टाचारले देश भित्र भित्रै चुसिएको पुष्टि हुन्छ । गरिब, मध्यमवर्गका परिवारका युवकले ज्यानको वाजि लगाएर कमाएर पठाएकोरेमिट्यान्सको भरमा भ्रष्टाचार, वेतिथी, अराजकता, वेरोजगारले थिलोथिलो परेको हाम्रो देश अडिएको छ ।
चारैतिर वेथिती र अराजकताले चक्रव्यूहमा फँसेको देशलाई कसरी राहत दिने त ? यसको निकास ल्याउने कस्ले ? समाज र देशको नेतृत्व गर्ने कस्ले ? सवैका सामु गम्भिर प्रश्न तेर्सिएको छ । चलचित्र र धार्मिक ग्रन्थहरुमा लेखिए जस्तै देश र जनतालाई मुक्ति दिन एकाएक सिनेमाको हिरो झै कोहस्निस्कदैन । न त धार्मिक ग्रन्थहरुमा भनेजस्तै देउता अवतार लिन्छन । अनि गर्ने कस्ले त ? पक्कै पनि निःसन्देह हरेक समस्यावाट देश र जनतालाई निकास दिने युवापुस्ता नै हुन्। देशमा चारैतिर फैलदै गएको अस्तव्यस्तताको झाडीलाई जरैवाट उखेलेर फाल्न र खनजोत, गोडमेल गरी विकास र समृद्धि रोपेर फलाउन युवा वर्ग नै अघि बढ्नु अहिलेको आवश्यकता हो । यसका लागि उद्यमशिल बन्न, आफू रोजगारहुनु, अरुलाई रोजगार दिनु पहिलो शर्त हो । राज्यले देश, भूगोल अनुसार आवश्यक जनशक्ति तयार गर्न प्राविधिक, शिक्षा, तालिमको व्यवस्था गर्नुपर्छ । विद्यालय तहदेखि प्राविधिक शिक्षाको नीति लागू गर्न जरुरी छ । नीति निर्माण तहमा वसेकाहरुलाई युवामुखि कार्यक्रम ल्याउनका लागि निरन्तर दवाव दिनुपर्छ । वेथिति, भ्रष्टाचारका विरुद्ध एकजुट भएर आवाज वुलन्द गर्न सक्नुपर्छ । देशलाई आत्मनिर्भर वनाउन आवश्यकता हेरेर पेशा, व्यवसाय गर्न सकेमा र वाहिरीवाट आयात हुन सामान रोक्न सकेमा पनि देशको पूँजी घरभित्रै रहेर आर्थिक उन्नती र विकासमा खर्च गर्न सकिन्छ ।
नीति निर्माण तहमा वसेकाहरुलाई युवामुखि कार्यक्रम ल्याउनका लागि निरन्तर दवाव दिनुपर्छ । वेथिति, भ्रष्टाचारका विरुद्ध एकजुट भएर आवाज वुलन्द गर्न सक्नुपर्छ । देशलाई आत्मनिर्भर वनाउन आवश्यकता हेरेर पेशा, व्यवसाय गर्न सकेमा र वाहिरीवाट आयात हुन सामान रोक्न सकेमा पनि देशको पूँजी घरभित्रै रहेर आर्थिक उन्नती र विकासमा खर्च गर्न सकिन्छ ।
यदी सबै मिलेर स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर हरेक आवश्यकतालाई पुरा हुने खालको उत्पादन गर्न सकेमा कुनै पनि युवालाई बाहिर जान बाध्यता हुदैन । युवा जोश, जाँगर, सिप स्वदेशमै लगानी हुन्छ र देश र नागरिकले विकास र समृद्धिको स्वाद चाख्न पाउँछन । युवाहरु परिवारको पेट पाल्न मक्किएर देशको भौतिक अबस्थामा गुणात्मक परिवर्तनसँगै विपन्नतावाट सम्पन्नतातर्फ लैजानुलाई देश विकास भनिन्छ । सामाजिक हरेक क्रियाकलापमा जनसहभगिता बढाइ समाज आर्थिक शैक्षिक स्वास्थ्य र सामाजिक अवस्थामा आमुल परिवर्तन ल्याउने विकासले नै हो । बिश्व ब्रह्माण्डको रोलक्रम अनुसार पृथ्वीमा वर्तमान समय २१ औ शताब्दीको घडीमा निरन्तर चलिरहेको छ । ये बेला भनेको पृथ्वीमा सबैभन्दा भैतिक विकास भएको बेला मानिरहेको छ । बिश्वमा भौतिक विकासका क्षेत्रमा चरम उपलब्धि हासिल गरेका युरोपेली हुन वा एसियाली राष्ट्र हुन यी मुलुकहरूलाई भौतिक सम्पन्नताको शिखरमा पुराउन हरेक राष्टका निस्वार्थ समर्पण , निरन्तर त्याग र अब्बल भुमिका रहेको छ ।जुन देशमा युबा हरुले आफ्नो सृजनात्मक श्रम, सीप र बुद्धि विवेक देशका लागि खर्च गरेका छ्न त्यस मुलुकको मुहारमा विकासको मुस्कान देख्न पाइएको छ । राष्ट्र विकासको रथ हाक्ने आधारभुत शक्ति भनेको युबा बर्गको शक्ति नै हो र बास्तबमा उक्त शक्ति नै देश विकासको उर्जा हो । युबा उर्जा र क्षेमताले जुनसुकै चुनौती र अबरोधहरुलाई पाखा लगाइ नयाँ सोच र नयाँ प्राविधिबाट विकासको गोरेटो केर्न सक्छन्र युबाका लामा लामा सबल भुजाहरुले जुनसुकै चुनैती र अबरोधलाई पनि धुजाधुजा पार्न सक्छन्। जीवनको चक्रमा हरेक ब्यक्ति एकपल्ट युबा अबस्थामा पुग्छ्न र व्यतिगत रुपमा कुनै पद वा अहोदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको पुनित महायज्ञमा सरिक भएकै हुन्छ । तर्सथ देश विकासको गहकिलो जिम्मेवारि लाई बोक्न सक्ने बलियो खम्बाका रुपमा रहेका युबा बर्गलाई अल्छी हुन र कुलतमा बरालिन नदिइ उनी हरु को जोश र जागर का साथ कम्मर कसेर अगाडि बढ्नका लागि अनकुल वातावरण बनाइ दिएमा कुनै पनि मुलुकको विकासमा युबा बर्गले उल्लेखनीय भुमिका निर्बाह गर्न सक्छन्। बर्तमान सन्दर्भमा नेपाललाइ हेर्दा आज बिदेशीका लागि जनशक्ति उत्पादन गर्ने थलो बनाइदैछ देश लाई । सानो उमेर देखि नै एउटा बालकलाइ उसको अस्तित्व यो देशमा नभई बाहिर देखाइन्छ र विद्यालय जाँदा उसको कर्मथलो यो देश नभइ बिदेशमा खोज्न सिकाइएको पनि विभिन्न स्था मा पाइरहेका छ्न । त्यसैले नेपालबाट युवा पलायनको संख्या बढ्दै गएको छ । खासगरी नेपाली युवाहरु रोजगारीको अवसर खोज्दै बिदेश पलायन हुनु वा बिदेशी भूमिमा उर्जा खर्चिनु पर्ने आजको आवश्यकता र बाध्यता बन्दै गएको छ । बिप्रेषण, राष्ट्रिय आयमा महत्वपूर्ण योगदान पु¥याउने माध्यम बनेको छ । दलहरुको सत्ता संघर्षका कारण देश मै रोजगारीका उपायहरु नभएको र विदेश पलायन हुनुपर्ने नेपाली युवाहरुको बाध्यता नै भएको छ । अध्ययनका लागि होस्वा रोजगारीका लागि अहिले युवाहरु विदेशिनु पर्ने नै अवस्था बनेको छ । परिवारको गर्जो टार्न र आफ्नो भविश्य आर्थिक रुपले समृद्ध बनाउन युवाहरु बिदेशी भूमिमा जस्तोसुकै कडा परिश्रम गर्न बाध्य भएका छन्। बिशेष गरी रोजगारीका लागि खाडी मुलुक जाने अदक्ष र अर्धदक्ष जनशक्तिले कठिनाई
भोग्नुपरेको छ । जाखिमपूर्ण कामहरु गर्ने सिलसिलामा नेपाली युवायुवतीहरु घाइते हुने, अंगभंग हुने मृत्यु हुने गर्दछ । अहिले दैनिक जस्तो ५ वटा लास त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थलबाट आउने गरेको दुखद पक्ष हाम्रो सामु नै छ । युबा कै सक्रियतामा येस्ता मानसिकता लाई चिर्न सकेमा समृद्ध नेपाल निर्माण गर्न असम्भव पनि होइन र दैनिकजसो लाखौं युबा बिदेशीने पीडा पनि कम गर्न सकिन्छ । राजनीतिलाई फोहोरी खेल भनेर पनि येसबाट पन्छिन खोज्ने युबा को जमात पनि बढ्दो छ नेपालमा । यो मानसिकतालाई तोडेर हरेक क्षेत्रमा युबा नेतृत्वको आबस्यकता छ र मुलुक कै नेतृत्व गर्न आफुलाइ विकास गर्दै नयाँ सोच र उर्जाशिल भएर लाग्नु जरुरी छ । राष्ट्र निर्माणमाआबश्यकत छ त केबल युबा को अनुसन्धानको ,सृजनशिलताको , उध्यमशिलताको र युबाकै नैतिक नेतृत्वको । राष्ट्र निर्माणको लागिआधुनिक समयको माग अनुसारको प्राविधियुक्त जनशक्ति पहिलो सर्त हो । मुलुकको राजनैतिक ,आर्थिक ,सामाजिक ,शैक्षिक ,विकासनिर्माण लगाएतका हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भुमिका खेल्नु आज को आबस्यकता हो । त्यसैले जीवनको सबैभन्दा उर्जा्शिशल र सम्भाबना बोकेका युबाहरुलाई उनीहरुको दक्षता र अग्रसरतालाई ध्यान दिई राज्य सचालनका तहहरुमा तथा विकासनिर्माणका प्रक्रियाहरु मा उनिहरुको अर्थपूर्ण सहभागीतालाइ सुनिस्चित गरि देश विकासको खाका बनाउनुको विकल्प छैन । प्राबिधिक र ब्याबहारिक शिक्षा प्रदान , रोजगारीका अबसरहरु सृजना , युबा जनशक्तिको माग अनुसारको शिक्षा ,युवामा भएका ज्ञान , सीप ,दक्षताको उचित ब्यबस्थापन गरि युवाको सम्मान गर्नु राज्य को दायित्व पनि हो । धन्यवाद
(लेखक सुमन खड्का दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययरत छात्र हुन् )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?