शिक्षक संघको स्थापना दिवसको अवसरमा सेवानिवृत्त शिक्षकलाई सम्मान

दमौली : नेपाल शिक्षक सङ्घको ३४औँ स्थापना दिवसको अवसरमा व्यास नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुबाट सेवानिवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ ।

स्थापना दिवसको अवसर पारेर आज शनिवार नगरपालिका भित्रका ४० जना शिक्षकहरुलाई सम्मान गरेको  सहसचिव शम्भुलाल थापाले जानकारी दिए । नगरपालिकाभित्र विभिन्न विद्यालयमा नियुक्ति भएका १८ जना नवप्रवेशी शिक्षकहरुलाई बधाई तथा स्वागत गरिएको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले नेपाल शिक्षक संघले शिक्षकहरूको पेशागत हकहितका लागि काम गर्नुपर्ने बताउँदै शैक्षिक सुधारका लागि नगरपालिकाले शिक्षकहरूको सरुवा गर्न लागेको बताए ।

टाइम पब्लिकेशनका कार्यकारी निर्देशक डा. कमल प्रसाद सापकाेटाले विज्ञान विषयकाे पाठ्यपुस्तक तथा शिक्षण सिकाइ तथा मुल्याङ्कनका बारे प्रस्तुतिकरण गरे ।

नेपाल शिक्षक संघ संघिय कार्य समितिका निवर्तमान महासचिव अर्थ पुष्पकला भट्टराईले नेपाल शिक्षक संघकाे ऐतिहासिक पृष्ठभुमि तथा नेपाल शिक्षक संघकाे नेतृत्वमा भएका आन्दाेलनबाट प्राप्त उपलब्धिबारे प्रस्तुतिकरण गरेकी थिइन् ।

उक्त कार्यक्रममा नेपाल शिक्षक सङ्घका पूर्व संघीय उपाध्यक्ष व्रम्हदत्त तिमिल्सिना,निवर्तमान संघीय महासचिव अर्थ पुष्पकला भट्टराई, गण्डकी प्रदेशउपाध्यक्ष अनिल श्रेष्ठ, नेपाल शिक्षक महासङ्घका अध्यक्ष रामचन्द्र पोखरेल, जिल्ला कार्य समिति तनहुँका अध्यक्ष रमेश बाबु भट्टराई तथा सचिव नरेन्द्र न्याैपानेपुर्व अध्यक्ष कमलभक्त पाेखरेल लगायत उपस्थित रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?