नवनियुक्त आर्थिक मामिला मन्त्री आलेले भने : ‘तनहुँको शिर निहुरिन दिन्न’

दमौली : गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले तनहुँ जिल्ला बासीले गर्व गर्ने गरीकाम गर्ने बताएका छन् ।

शुक्रवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले तनहुँको शिर निहुरिन नदिने बताएका हुन् ।

मन्त्री आलेले भने ‘‘मैले पाएको जिम्मेवारीलाई इमान्दारिता पूर्वक आफूसँग भएको योग्यता र क्षमतालाई लगाउँछु, गर्व गर्ने गरी काम गर्छु, तनहुँको शिर निहुरिन दिन्न ।’’ पदमा रहुञ्जेल देश र जनताको हित काम गर्ने उनको भनाई थियो । जीवनभर पार्टीको लागि जे काम गरें त्यो भन्दा ठुलो स्थानमा पार्टीले पु¥याएको आलेले बताए ।

आर्थिक मन्दी, स्वदेशमा रोजगारीको अभाव अहिले मूख्य समस्या भएकोले त्यसलाई समाधान गर्न पहिलो प्राथमिकता दिने मन्त्री आलेको भनाई थियो ।

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले अनुशासन हिनताले पार्टी कमजोर भएकोले सुधार गर्नु पर्ने बताए । अनुशासनको दायमा नबस्ने, मनलाग्दी बोल्ने जति नै हण्डर खाएपनि नसच्निने, सच्चिन नचाहने, नसुध्रिने र सुध्रिन नचाहने प्रवृतिले गर्दा पार्टी कमजोर भएको भण्डारीले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति वैकुष्ठ न्यौपाने, उपसभापतिद्धय राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल लगायतले खारिएको अनुभवी नेताले अवसर पाएकोले विकास निर्माणले गति लिने विश्वास व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?