नदी किनारमा बसोबास गर्ने सुकुम्बासीलाई हटाइने

काठमाडौं : नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई सरकारले हटाउने नीति लिएको छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने बताएका हुन् ।

“काठमाडौं उपत्यका लगायतका नदी किनारामा रहेका वास्तविक विपन्न र भूमिहीनलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी अतिक्रमितभूमि खाली गराइने छ,” उनले भने, “काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न ठूला सहरमा फोहोरमैलाको दिगो र भरपर्दाे व्यवस्थापनका लागि नीतिगत र संस्थागत व्यवस्था गरिनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?