सबैखाले बालश्रम अन्त्य गरिने, अपांगता ग्राम बनाइने

काठमाडौं : सरकारले सबैखालका बाल श्रम अन्त्य गर्ने नीति लिएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बालसुधार गृहको भौतिक पूर्वाधार र संस्थागत क्षमता अभिवृद्धि गरिने बताए ।

“सबैखाले बालश्रम अत्य गरिने छ । बालसुधार गृहको भौतिक पूर्वाधार र संस्थागत क्षमता अभिवृद्धि गरिने छ । बालमैत्री पूर्वाधार निर्माण गर्दै लगिने छ,” राष्ट्रपतिले भने, “अनाथ, असहाय र टुहुरा, अपांगता भएका, अशक्त, हिंसा पीडित तथा टुहुरा र सडक बालबालिकाको उद्धारका लागि प्रदेश तथा स्थानीय तहमा अल्पकालीन बाल उद्धार, संरक्षण र पुनर्स्थापनका लागि अल्पकालीन बाल उद्धार कार्यक्रम सञ्चालन गरिने छ ।”

त्यस्ता बालबालिकाका लागि रोजगारमुखी कार्यक्रममार्फत आत्मनिर्भर बनाउने नीति सरकारले लिएको छ ।

“सातै प्रदेशमा अपांगतामैत्री ग्राम निर्माणको नीति लिइने छ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?