बजेट विश्वसनीय बनाउन अप्रिय कदम चाल्नुपर्छ : सांसद वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले देशमा नीतिगत भ्रष्टाचार बढ्दै गएको बताएका छन् ।

शनिबार अर्थ समितिको बैठकमा बोल्दै उनले कागजपत्र, नियमावली संशोधन र सके संविधान नै संशोधन गरेर नीतिगत भ्रष्टाचार हुने गरेको बताए । अहिले गल्ती गर्नेहरुलाई समात्न पनि अफ्ठ्यारो हुनेगरी नीतिगत भ्रष्टाचार भइरहेको उल्लेख गरे ।

अर्थसम्बन्धित विषय अर्थ मन्त्रालयमा नै गएर टुंगिने भन्दै उनले नीतिगत भ्रष्टाचार रोक्न नयाँ सोच अघि सार्नुपर्ने बताए । उनले नीतिगत भ्रष्टाचारमाथि प्रहार गर्न आवश्यक रहेको बताए ।

बजेटको आकार विश्वसनीय बनाउन आवश्यक रहेको बताउँदै उनले बजेट विश्वसनीय बनाउन अप्रिय निर्णय लिन आवश्यक रहेको बताए । सांसद वाग्लेले लाइसेन्सिङ र पोलिसी करप्सनलाई प्रहार गर्न आवश्यक रहेको बताए ।

“लाइसेन्सिङ र पोलिसी करप्सनलाई यहाँले प्रहार गर्नुहोला । बजेटको आकार विश्वसनीय भएको छैन, यसमा अप्रिय निर्णय गरिदिनुहोला,” उनले भने, “समग्र बजेटको विश्वसनीयतामा कस्ता कस्ता अंकहरुको तोक्नुहुन्छ भन्नेकुराले तय गर्छ । अनुदान छ्याप्पै सुकेको छ । बजेट विश्वसनीय बनाउने हो भने अलिकति अप्रिय निर्मम कदम चालिदिनुहोला ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?