
काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नेपाललाई हिन्दू राज्य बनाउने भनि भारतीय सत्तारुढ दल (भाजपा)ले लबिइङ गरेकोप्रति सदनमा जानकारी गराउन माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै केसीले नेपाललाई हिन्दू राज्य बनाउन भनि भारतीय जनता पार्टीले लबिइङ गरेको कुरा अमेरिकी दूताबासमार्फत् सार्वजनिक भएकोप्रति पनि उनले चासो राखे।
धर्म व्यक्तिको आस्थाको कुरा भएको भन्दै केसीले छिमेकी भारतको सत्तारुढ दल भाजपाले हिन्दू राज्य बनाउन सहयोग गरेको भनेको कुरा अमेरिकी राजदुताबासबाट जानकारीमा आएको बताए।
केसीले धर्मलाई देखाएर राजनीति सोझ्याउने कार्य भएको भन्दै छिमेकीको कुरा सुन्नु गलत भएको बताए। भारतलाई हिन्दू राज्य बनाउन नसक्ने, तर नेपालमा किन भाजपाले चासो राखेको हो भनेर केसीले प्रश्न गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?