काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेर १२ सदस्यीय बनाएका छन् । आइतबार कांग्रेसबाट ४ र एकीकृत समाजवादीबाट २ मन्त्री नियुक्त गरेपछि मन्त्रिपरिषद १२ सदस्यीय पुगेको हो ।
मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना र एकीकृत समाजवादीका २ जना मन्त्री सहभागी छन् । मन्त्रालय संख्या ११ मात्र रहेकाले कांग्रेसका रामकृष्ण चित्रकारको मन्त्रालय तोकिएको छैन ।
‘कांग्रेस र माओवादी केन्द्रले लिएकोमध्ये एउटा मन्त्रालय विभाजन हुन्छ, तर अहिले नै टुंगो छैन’ सत्तारुढ गठबन्धनका एक नेताले भने । उनका अनुसार मन्त्रालय विभाजनबारे बजेटपछि मात्र छलफल हुनेछ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउने प्रचलन छ ।
बागमती मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट संसदीय दलको नेता बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री छन् भने तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री छन् । त्यस्तै आइतबार नै मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम जोशी स्वास्थ्य मन्त्री बनेका छन् ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?