
दमौली : नेपाल प्रेस युनियन तनहुँका नवनिर्वाचित अध्यक्ष शेष मोहमद हनिफ (गोरा मियाँ) ले पदभार ग्रहण गरेका छन् । गत शनिवार अध्यक्षमा सर्वसम्मत निर्वाचित भए पनि पदभार ग्रहण भने गरेका थिएनन् ।
निवर्तमान अध्यक्ष अमरराज नहर्कीले नवनिर्वाचित अध्यक्ष मियाँलाई जिम्बेवारी हस्तान्तरण गरेका थिए । त्योसँगै शनिवार मियाँले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणमा नेपाली कांग्रेसका पूर्व सभापति एवं व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपानेले लोकतन्त्र स्थापना गर्नका लागि पनि पत्रकारिता ठुलो भूमिका रहेको बताएका छन्। उनले नगरपालिकाले विगत देखि नै पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरु आर्थिक सहयोग गर्दै आइरहेको बताए ।
उक्त कार्यक्रममा उपसभापति देवकुमार श्रेष्ठ, ट्रेड युनियन तनहुँका अध्यक्ष कृष्ण केसी, अधिवक्ता एवं निर्वाचन संयोजन ऋषिराम पोख्रेल, प्रेस युनियन तनहुँका पुर्व अध्यक्ष प्रदिप काफ्ले, डम्बर अधिकारी, ओमकार आचार्य लगायत उपस्थित रहेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?