मैत्रीपुर्ण फुट्सल प्रतियोगितामा जेसीआई लमजुङ विजयी

दमौली : जेसीआई व्यासनगरद्वारा आयोजित मैत्रीपुर्ण फुट्सल प्रतियोगितामा लमजुङ विजयी  भएका छन्  ।

शनिवार “प्रेरित हुनु महान छ, प्रेरणा अविश्वसनीय छ ” भन्ने प्रकरण तथा मानवताको सेवा नै  जीवनको सर्बोत्तम कार्य हो भन्ने जेसिज आस्थालाई आत्मसाथ गर्दै  आयोजना गरेको प्रतियोगितामा लमजुङ विजयी भएका हुन्  ।

त्यस्तैगरी, द्वितीय स्थानमा जेसीआई शुक्लागण्डकी हुन सफल भएको थियो । विजेता टिमले रु १५ हजार २३, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्न सफल भए ।

उप-विजेता टिम शुक्लागण्डकीले  १० हजार २३ मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन ।

जेसीजका अध्यक्ष राजु रानाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले गरेकी थिइन् । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले कार्यक्रम उद्घाटन गर्दै स्वास्थ रहनका लागि मानिसलाई खेलकुदको अति आवश्यक रहेको बताइन्  ।

उक्त मैत्रीपुर्ण फुट्सल प्रतियोगितामा जेसीआई व्यासनगर, जेसीआई पोखरा, जेसीआई भानु बन्दिपुर, जेसीआई गोरखा, जेसीआई लम्जुङ, जेसीआई बाग्लुङ, जेसीआई लेखनाथ शाखा सहभागी रहेको जेसीआई व्यास नगरका महासचिव सुनिल श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?