विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौं : जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

जिम्बाब्वेमा जुन १८ देखि सुरु हुने छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिम सार्वजनिक गरेको हो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाब्वेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।

यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्टइन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्ने छ । नेपालले छनोटअघि जिम्बाब्वेमै दुई ‘वार्म अप म्याच’ पनि खेल्ने भएको छ ।

नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्ने छ ।

नेपाली टिम 
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम शार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?