व्यास-१३ मा नेकपा केन्द्रीय जनसत्ताले गर्यो एमसीसीको जग्गा कब्जा

दमौली :  नेपाल कम्युनिष्ट पार्टी (माओवादी ) केन्द्रीय जनसत्ताले एमसीसीको नाममा रहेको जग्गा कब्जा गरेको छ ।

नेकपा (माओवादी ) केन्द्रीय जनसत्ताले व्यास नगरपालिका वडा नं १३ स्थित एमसीसीको नाममा रहेको २ सय रोपनी जग्गा कब्जा जग्गा कब्जामा लिएको हो ।

कब्जा गरिएको जग्गामा झण्डा ,प्रचार सामाग्री भेटिएको छ ।कब्जा गरिएको जग्गामा कुनै किसिमका गतिविधि नगर्न चेतावनी समेत दिईएको छ ।

गतिविधि गरेको खण्डमा कार्वाही गर्ने चेतावनी समेत दिईएको छ । एमसीसी राष्ट्रघाती भएको समेत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?