भानु नगरपालिकाले ल्यायो अपांगता भएका व्यक्तिहरुलाई उद्यमशीलता र बीउ पुजी लगानी कार्यक्रम

दमौली : तनहुँको भानु नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई उद्यमशीलता र बीउ पुजी लगानी कार्यक्रम सुरु गरेका छन् ।

रिसेड तनहुँको आयोजना र सामाजिक विकास कार्यालय तनहूँको आर्थिक सहयोग भानु नगरपालिकामा अपांगता भएका व्यक्तिहरुलाई उधमशिलता र बीउ पुजी लगानी कार्यक्रम सुरु गरिएकाे हो।

भानु नगरपालिका भित्रका १३ जना अपांग भएर पनि काम गर्न इच्छुक अपागता भएका ब्यक्तीहरुलाई विभिन्न काम गरि आत्म निर्भर हुनका लागि प्रत्येक व्यक्ति ७,५०० का दरले उधमशिलता र बीउ पुजि लगानी प्रदान गरिएको छ ।

उप्त कार्यक्रममा बोल्दै नगर प्रमुख आनन्द राज त्रिपाठिले बर्तमान समयमा अपाङ्गताको क्षेत्रमा भएका गतिबिधिको समिक्षा गर्दै भावी दिनमा सहयोग र सहकार्यको लागि सकारात्मक रहेको बताए।

भानु नगर उपप्रमुख उमा गोतामेले अपाङ्गताको क्षेत्रमा भए गरेका पहलहरु नितिनिर्माण तथा कार्यान्वयनमा सहकार्य गर्दै आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?