राष्ट्रपतिलाई केही दिन अस्पतालमै राखिने

काठमाडौं : महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।

स्वास्थ्य अवस्था निगरानीका लागि अझै केही दिन अस्पतालमै राखिने भएको छ ।

“उहाँको अवस्था सामान्य भइसकेको छ, तर अब्जरभेसनका लागि अझै एक/दुई दिन अस्पतालमै राख्छौँ,” सेन्टरका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले भने ।

मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मंगलबार पेसमेकर राखिएको थियो ।

बाह्रखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?