सामुदायिक विद्यालय महासंघ तनहुँको अध्यक्षमा विष्णुभक्त

दमौली : सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल तनहुँको अध्यक्षतामा विष्णुभक्त न्यौपाने चयन भएका छन्  ।

शनिबार दमौलीमा सम्पन्न भएको  प्रथम जिल्ला अधिवेशनले व्यासका न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

महासंघको उपाध्यक्षमा भिमादकी भगवती देवी भण्डारी र म्याग्देका सुशील भण्डारी , सचिवमा व्यासका केशरबहादुर आले, कोषाध्यक्षमा भानुकी मनु गुरुङ चयन भएका छन् ।

सदस्यहरूमा भिमादका इसुफदिन मियाँ, भानुका खेमबहादुर श्रेष्ठ , व्यासका उर्मिला आचार्य ढकाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?