शिवकालिका सहकारीद्वारा युनियन पदाधिकारीलाई सम्मान

दमौली : तनहुँको  व्यास नगरपालिका- २ स्थित शिवकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटिेडले प्रेस युनियन तनहुँ शाखाका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ ।

युनियन तनहुँ शाखाको आठौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित गोरा मिया, उपाध्यक्ष पूर्ण विके, सचिव उपेन्द्र खनान, कोषाध्यक्ष एलोज श्रेष्ठ र सहसचिव शीला वाग्लेलाई सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर खड्का, सहकारीका पुर्व अध्यक्ष मुमराज वंशीठकुरी, लेखा समिति संयोजक विष्णुभक्त न्यौपाने र सचिव दिपक न्यौपाने लगायतले खादा, अविर सहित सम्मान गरेका हुन् ।

समुन्नत समाज र प्रेस स्वतन्त्रताको लागि प्रेस युनियनको योगदान अहम् रहेकोले आफूहरुले युनियनका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको सहकारी संस्थाका अध्यक्ष खड्काले बताए ।

सहकारी संस्थाले समेत सम्मान गर्नुले पत्रकारिता कर्मप्रति आफूहरुको जिम्मेवारी बढेको महशुस भएको नवनिर्वाचित अध्यक्ष मियाले बताए ।

राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालयले हालै प्रदेश राजधानी पोखरामा एक कार्यक्रम आयोजना गरी प्रशंसा पत्रले सम्मान गरेको हो । बैंकका अध्यक्ष केपि उप्रेती र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईद्वारा हस्ताक्षरित प्रशंसा पत्रमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै उत्कृष्ट कारोवार हुने अपेक्षा गरिएको छ ।

सम्मान प्राप्त गरेपछि आफूहरुलाई थप हौसला र शेयर सदस्यहरुप्रतिको जिम्मेवार बढाएको सहकारी संस्थाका अध्यक्ष पूर्णबहादुर खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?