मूर्तिकार पृथ्वीनारायण श्रेष्ठ राप्रपा प्रवेश

दमौली : तनहुँको व्यास नगरपालिका-३ दमौली निवासी मूर्तिकार पृथ्वीनारायण श्रेष्ठ राप्रपा प्रवेश गरेका छन् ।  श्रेष्ठ बिहीबार राप्रपा प्रवेश गरेका हुन् ।

काठमाडौमा उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए ।

उनी गत मंसिरमा तनहुँ-१ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?