रास्वपा व्यास–१ को सभापतिमा जिसी,सचिवमा हडखले

दमौली : राष्टिय स्वतन्त्र पार्टी(रास्वपा) व्यास नगरपालिका–१ को सभापतिमा कोमल बहादुर जिसी सर्वसम्वत चयन भएका छन् ।

सभापति पदका लागि चार जना उम्मेदवार मध्ये अन्तिम चरणमा जिसी र अर्जुन रानाभाट बीचको सहमतिमा रानाभाटले लचकता अपनाएपछि जिसी सर्वसम्वत रुपमा सभापति पदमा चयन भएका हुन् ।

समितिको उपाध्यक्षमा बिष्णु मल्ल,सचिवमा शैलेस हड्खले,सदस्यमा अर्जुन रानाभाट,राजकुमार श्रेष्ठ,सिद्ध बहादुर चन्द सर्वसम्वत चयन भएका छन् ।अन्य पाँच जना सदस्य पछि थप गर्ने गरी सहमति भएको रास्वपा तनहुँका सहसंयोजक सूर्यमणि पौडेलले जानकारी दिए ।

कार्यक्रममा क्षेत्रीय प्रतिनिधी राजु दाहाल,जिल्ला संयोजक विकास सिग्देल,सहसंयोजक सूर्यमणि पौडेल,रास्वपा जिल्ला नेता चूडामणि दाहाल,सूर्य केसी लगायतका पदाधिकारीहरुको सहभागितामा चयन भएका पदाधिकारीहरुले शथप ग्रहण लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?