दमौली : पृथ्वी राजमार्ग तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित साखरमा दुई वटा माईक्रो बस एकापसमा ठोक्किएर दुर्घटना भएको छ ।
मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा २ ख ४०२दुर्घटनामा परि १२ जना बा २ ख ४०२० नं. को माईक्रोमा सवार १२ जना यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाईते मध्य १ जनाको अवस्था गम्भिर छ ।
घाईतेहरु मध्य ४ जनाको उपचार आँबुखैरेनी अस्पतालमा भैरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भैरहेको पनि उनले बताए ।० नं. को माईक्रोबस र विपरीत दिशाबाट मुग्लिङ तर्फ जादै गरेको बा ४ ख ५१७९ नं. को माईक्रोबस अहिले साँझ करिब ७ः२० बजेतिर एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाईते हुनेहरुको विवरण
आबुखैरेनी अस्पतालमा उपचार भईरहेका घाईतेहरु ः–
१) जिल्ला धादिङ निलकण्ठ नगरपालिका वडा नं. १ बस्ने बर्ष २४ को राजु गिरी (अवस्था मध्यम)
२)जिल्ला गोर्खा पालुङटार नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३६ को राम प्रसाद गुरुङ (अवस्था मध्यम)
३) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४० को डिल्लिराम भुजेल (अवस्था सामान्य)
४) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३८ की लेकासी गुरुङ (अवस्था मध्यम)
पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेका घाईतेहरु ः–
१) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष अं. २५ को गणेश राई (अबस्था गम्भिर) ।
२) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२१ बस्ने बर्ष ४१ को बिजय पौडेल (अवस्था मध्यम)
३) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२१ बस्ने बर्ष ४५ को प्रेम ठकुरी (अवस्था मध्यम) ।
४) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ४४ को मनोज तामाङ (अवस्था मध्यम)
५) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३६ की सबिता श्रेष्ठ तामाङ (अवस्था मध्यम)
६) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२१ बस्ने बर्ष १९ को रोशन ठकुरी (अबस्था मध्यम) ।
७) जिल्ला रौतहट बृन्दाबन नगरपालिका वडा नं. ७ बस्ने बर्ष अं. २६ को प्रमोद चौधरी (अवस्था मध्यम) ।
८) जिल्ला दोलखा दार्जे गाउँपालिका वडा नं. २१ बस्ने बर्ष अं.१८ को आइजन गुरुङ (अवस्था मध्यम) ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?