दमौली : नेपाल क्रिकेट संघ (क्यान) तनहूँको अध्यक्षमा मदन तिमल्सेना सर्वसम्मत चयन भएकाे छ ।
तनहूँकाे बन्दिपुरमा भएको संघको निर्वाचनबाट अध्यक्ष पदमा तिमल्सेना सर्वसम्मत चयन भएको हो । त्यसैगरि संघको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा अमित कैनी, सचिव मनोजकुमार सुवर्णकार चयन भएकाे छ ।
त्यसैगरी संस्थाकाे सदस्यहरुमा ताराराम श्रेष्ठ, सुदिप शर्मा, सुमनराज नहर्की, नरेश के.सी. , मोहनराज गुरुगं र अतिशकुमार खड्का चयन हुनुभएको छ ।
पछिल्लो समय क्रिकेटले नेपाललाई विश्वमा चिनाउन धेरै मद्धत गरेकोले तनहूँमा पनि क्रिकेट खेलको राम्रो वातावरण बनाउन प्रयास गर्ने नवनिर्वाचित अध्यक्ष तिमल्सेनाले बताए ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?