दमौली : प्रथम छापाडाँडा बेनिकोट भञ्ज्याङ्ग कप ‘२०८० ‘को भलिबल प्रतियोगिताको उपाधि सिद्ध बाबा युवा क्लबले हात पारेको छ ।
व्यास नगरपालिका -१३ वेनिकोट भञ्ज्याङ्ग खेल मैदानमा शुक्रवार भएको फाइनल खेलमा ऋषिङ समाजलाई ३१ /२९को सेटले पराजित गर्दै सिद्ध बाबा युवा क्लबले छापाडाँडा बेनिकोट भञ्ज्याङ्ग कपको उपाधि जितेको हो ।
व्यास नगरपालिका -१३ वेनिकोटमा स्थित मिलन शान्ति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उपाधिसँगै सिद्ध बाबा युवा क्लबले नगद ५० हजार हात पारेको छ भने आयोजक ऋषिङ समाजले नगद ३० हजार मा चित्त बुझायो ।
त्यस्तैगरी तेश्रो हुन सफल शुक्लागण्डकी समाजले नगद २० हजार गरे । प्रतियोगितामा जिल्लाका विभिन्न स्थानका २५ टिमको सहभागिता रहेका थिए ।
५ दिन सम्म चलेको उक्त प्रतियोगिताको विजेताहरुलाई व्यास -१३ का वडाध्यक्ष वसन्त आलेले पुरस्कार प्रदान गरे।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?