दमौली : तेस्रो फ्रेन्डसीप कप ‘२०८० ‘को फुटबल प्रतियोगिताको उपाधि काहुँमिलन युथ क्लव झापुटारले हात पारेको छ । म्याग्दे गाउँपालिका -१ गुणादीमा शनिवार भएको फाइनल खेलमा दोभान युवा क्लब भादगाउँलाई १ –० गोलले पराजित गर्दै फ्रेन्डसीप कपको उपाधि जितेको हो ।
फ्रेण्डसीप युवा क्लबद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै काहुँमिलन युथ क्लव झापुटारले नगद एक लाख २३ हजार चार सय ५६ हात पारेको छ भने ले दोभान युवा क्लब भादगाउँले नगद ६७ हजार ८ सय ९० मा चित्त बुझायो ।
भिन्न जिल्लाका २५ टिमको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर झापुटारका गोलरक्षक सन्दिप थापा म्यान अफ दि म्याच घोषित भएका थिए । उक्त खेलमा शिशिर खत्री म्यान अफ द म्याच घोषित भएका छन् ।
सर्बोत्कृस्ट खेलाडी , उत्कृष्ट गोलरक्षक ,उच्च गोलकर्ता, अनुशासित टिमले पनि पाँच हजार प्रदान प्राप्त गरेको छ ।
उक्त प्रतियोगिताको विजेताहरुलाई पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले पुरस्कार प्रदान गरे।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?