राधा माविले जित्यो राष्ट्रपति रनिङशिल्डको उपाधि

दमौली : तनहुँको म्याग्दे  गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाले आयोजना गरेको पाँचौ राष्ट्रपति रनिङशिल्डको उपाधि राधा माध्यमिक विद्यालयले जितेको छ । पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधा माध्यमिक विद्यालयले जितेको हो ।

प्रतियोगितामा राधा माविले १७ स्वर्ण, नौ रजत र तीन कास्य पदक, मिन माविले पाँच स्वर्ण, १३ रजत र पाँच कास्य पदक  र रत्न मावि तीन स्वर्ण पदक  जितेको छ ।

विजेतालाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले साथै विद्यार्थीको शिक्षा संगै खेलकुद बृद्धि विकासका लागि सधै पालिका साथमा रहेको उल्लेख गरे ।

बिहीबारदेखि सञ्चालित प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, दौड, हाइजम्प, लङजम्प, सटपुट लगायतका खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?