ल्होछार के हो र किन मनाईन्छ ?

नेपालमा विभिन्न जातिहरुले नयाँ बर्षको उपलक्ष्यमा राष्ट्रिय पर्व ल्होछार मनाउदै आएको पाईन्छ । यो पर्व तामाङ, शेर्पा, गुरुङ, भोटे आदि जातिले मनाउदै आएको छन् । ल्होछार मुलतः पुरानो बर्षलाई विदा गरि नयाँ बर्ष प्रारम्भ गर्ने पर्व र संस्कृतिको रुपमा मनाईन्छ ।ल्होछार अर्थात ‘ल्हो’ भन्नाले साल अथवा सम्वत् अनि ‘छार‘ भन्नाले नयाँ भन्ने बुझाउँछ।  तामाङ समुदायले ल्होछार र अन्य जातिले ल्होसार भनी शब्द उच्चारण गर्ने परम्परा रहेको छ । हामीले नेपाली चाड ठानिए पनि भोटे जातिहरु रहेको जापन, चिन, हंङ्कङ, चाईना, कोरीया, थाईल्याण्ड भुटानमा पनि ल्हासार पर्व मनाईने गरिन्छ ।

तामाङ समूदायबारे लेखिएका विभिन्न पुस्तकहरु अनि शोधहरु अध्यन गर्दा ‘ता’ भन्नाले घोंडा अनि ‘माङ’ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थमा घोडचढीमा निपूर्ण साहसीहरुको समूदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताकालागि नेपालमा मात्र नभई संसारभरि प्रचलीत छन् । ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ । यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडि भेगमा बसोवास गर्ने तामाङ समूदाय लगायत उत्तर छिमेकी मुलक चीन सहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्दछन् ।

तामाङहरुलाई प्रकृतिप्रेमी समूदायकारुपमा चिनिन्छ, विशेषगरी नेपालमा तामाङ जातिले सोनाम ल्होछारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । यस समूदायमा आज छोरीचेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ । सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समूदायमा ‘ल्हो’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ, मुसाबाट शुरु हुने यि वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ । बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरुका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् ।

गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरु पुगेका नेपाल सहितका अन्य मुलुकहरु सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । आजको दिन यी देशहरुका अधिकांश वौद्धविहारहरु रगिंन र उल्लासमय हुन्छन्, रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले आज वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वाैद्धविहारहरुमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभुती हुन्छ ।

सोनाम ल्होछारका अवसरमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाईलो पनि गरिन्छ । यसरी गाईने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ, सुस्तरि तर वडो मधूररुपमा गाईने यस्ता सेलोहरुमा डाँडापाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया प्रेमका भावनाहरु पनि समावेश हुन्छ । डम्फु चाँही यस समूदायको हस्ताक्षर बाजा हो । डम्फू अनि सेलोको सुमधूर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामूदायीक कार्यक्रमहरु खुला आकाशमुनि गरिन्छ, परम्परागत पहिरनमा सजिएका तामाङ समूदायका ब्यक्तिहरु लगायत अन्य सबै समूदाय अनि सबै धर्मका ब्यक्तिहरुलाई यस समूदायले खुल्ला हृदयले स्वागत गर्दछन् ।

नकारात्मक तत्वहरुलाई हटाउनकालागि, आशा जगाउने सकारात्मक तत्वहरु अनि शक्तिहरुलाई डाँक्नकालागि आज विभिन्न तान्त्रिक विधी अनि मुखौटा लगाएर नृत्य पनि गरिन्छ । लामाहरुसंग आशिष लिएर आजको दिन वर्षभरिकालागि शुभ साईतको अपेक्षा राखिन्छ, काठमाण्डौमा भने आजको दिन टुँडिखेलबाट र्‍याली निकालिन्छ अनि तिन दिन लामो मिस तामाङ कार्यक्रमको शुरुवात पनि गरिन्छ । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामनाहरु आदान प्रदान गर्दै तामाङ समूदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् । सुँगुर, हाँस, कुखुरा, खसि लगायतका विभिन्न परिकारका मासुहरु तैयार पारीने यस विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरु बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन रहेको छ । सामूदायिक रुपमा पनि समूदायका सबैजना एकैठाँउमा भेला भएर चाडबाड मनाउने अनि सरल अनि सभ्य रुपमा मिलनसार प्रवृत्तिको संस्कार अनि सन्देश दिने तामाङ समूदायहरु वास्तवमै एउटा अनुकरणीय समूदाय हो ।

सोनाम ल्होछार तामाङ समुदायले र ग्याल्बो ल्होछार हिमाली भेगका बिषेश गरि लामा, भोटे तथा शेर्पा जातीका समुदायले मनाउदै आएको छन । ल्होछारमा के के गरिन्छ ? एक, घर रङ्ग्याउने, सरसफाई गर्ने, जाती सांस्कृतिक लुगा तयारी गर्ने, रोटि लगायत खानेकुरा बनाउने गरिन्छ । दुई, ल्होछारअनुसार गहु लगायत नया बालीको अन्न उमार्ने, र यसलाई पुजा गरिन्छ। तीन, मैला फालेर सरसफाई गरि फोहोरमैला चोकमा फालेर ग्रहदशा कटाईन्छ । यहि दिन नै ९ प्रकारको अन्न मिसाएको खाना गुथुक खाईन्छ र गुम्बाहरुमा पुजा गरिन्छ । चार, ल्होछार शुरु हुनु एक दिन अगाडि आफ्नो संस्कृति र लोसारको परम्परा अनुसार घर सजाईन्छ । विशेष गरि सेतो पिठोले अष्टमंगल लेखेर सजाईन्छ, यो लेखणन नजानेमा बुढि औलाले पिठोको आठओटा थोप्लाले टासिन्छ । यहि दिन घर र पुजा कोठा सिंगारेर मात्र पुजा गरिन्छ ।

तामाङ जाती हजारौ बर्षदेखि शासक वर्गसंग संघर्ष गरि प्राप्त गरेको महान पर्व सोनाम ल्होछार लाई धुमधाम गरी मनाउँदछन् । नेपालमा तानाशाही राणा शासनपछि ३० वर्षे पञ्चायति व्यवस्थाको अन्त्यसँगै बहुदलीय ब्यवस्थाको स्थापनाले नेपालका आदिवासी जनजातीहरुले आफ्नो पहिचानको आन्दोलनको दौरानमा सांस्कृतिक पुनर्जागरण अभियानसँगै थालनी तामाङ जातिय आन्दोलका दौरानमा राज्यको संरक्षण अभावमा लगभग बिलाई सकेको थियो । करिब ५ वर्ष जतिको लामो विभिन्न ल्होछार मान्ने मनाउने ९ समुदायका बीचमा बहस छलफल चलाउँदै निष्कर्षमा पुगि माघ शुक्लपक्ष प्रतिपदाका दिनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्व. मनामोहन अधिकारीको कार्यकालमा नेपालको राष्ट्रिय पर्वको सोनाम लोछार सूचीकृत भयो ।

आम हिमाली आदिवासी जनजाति समुदाय जो सदियौंदेखि ल्होछार मनाउँदै आइरहेका छन्। यही मान्यता अनुसार ल्होछार संस्कृतिलाई आफ्नो पुर्खाको सम्पत्ति मान्ने गर्दछन् । सोनाम ल्होछार भन्नाले कृषि कर्म अर्थात् खेतीपाती गर्ने किसानहरुको ल्होछार भन्ने बुझाउँदछ । किसानहरुले आफुले लगाएको अन्नबाली उठाइसकेको अवस्था र आउँदै गरेको ल्होछार पछाडि नयाँ अन्नबाली लगाउनु पर्ने व्यस्तताको समयबीचको फुर्स्दिलो समयमा पर्ने भएकोले एक महिना अगावै ल्होछार मनाउने परम्पराको शुरुवात भएको पाइन्छ। यही समयमा मनाउने बिबिध सांस्कृतिक परम्परालाई नै सोनाम ल्होछार नामाकरण गरिएको हो ।

ल्होछार को केही चलनहरुः
चोखो पानी गर्ने खास गरि लोसारको आ–आफ्नो संस्कार अनुसार गरिन्छ । बिहानै धारामा नयाँ पानीमा हातमुख धोई, घ्यू थोप्ला चढाई नयाँ मुलको पानी ल्याउन होडबाजी नै हुने परम्परा रहेको छ । यसरी नयाँ खानेकुराहरु भगवान लाई चढाईन्छ । यसपछि घरमुलिले सेतो पिठोको परिकार र अमृत जल छ्याङलाई आकाश तिर ३ पटक छर्केपछि नयाँ लुगा लगाएर लोसारको सगुन खाने प्रचलन छ । यसैगरि लुङदार र पिकनिक पनि गरिन्छ । यो भगवान गौतम बुद्दमा आधारीत संस्कृति रहेको छ ।

महत्वबारे एक चर्चा

प्रथम चन्द्र महिनाको प्रथम दिन (माघ शुक्लपक्ष प्रतिपदा) तामाङ भाषामा नयाँवर्ष उत्सवलाई सोनाम ल्होछार भनिन्छ । यसरी नै नेपालमा यही पर्वलाई ह्योल्मो, शेर्पा तथा तिब्बती समुदायहरुले लोसारको रुपमा हर्सोल्लासका साथ मनाउदै आएका छन् । यहाँ तामाङ भाषामा ल्हो शब्दले बाह्र ल्होखोर अर्थात १२ वर्षे चक्रलाई बुझाउँछ । हरेक वर्ष यो चक्रले एक–एक ल्हो फेर्छ । यहि ल्हो तामाङ समुदायले माघ महिनामा फेर्छ भनेर सदियौंदेखि मानि आएको छ । किन भने यसै बेला आदिवासी थारु तथा मगर जातिको पनि माघि पर्व पर्दछ ।

लोसार पर्वको महत्वहरुः
१) धार्मिक महत्वः
बौद्ध धर्मावलम्बीहरु ल्होछारको नया दिन यस वर्ष सबैको शुभमंगल र राम्रो होस् भन्ने कामनाका साथ लामाद्वारा मंगलामृत मन्त्र वाचन गरि घरको आँगनमा आफ्नो संस्कृति अनुसार ग्रहशान्ति पूजा गर्ने गरिन्छ ।

२) सामाजिक महत्वः
ल्होछारको अवसरमा परदेश गएका आफन्त घरमा आउने, कुलकुटुम्ब, इष्टमित्र एवं चेलीबेटीलाई बोलाएर मिठामिठा पकवानहरु खुवाउने, नयाँ कपडा लगाउने र परम्परागत लोकसंस्कृतिले भरिपूर्ण गीत(संगीतमा नृत्य गर्दै रमाइलो गरिने भएको हुदाँ यसले सामाजिक महत्व राख्दछ ।
३) आर्थिक महत्वः
बौद्ध ज्योतिष शास्त्रमा आधारित ल्होछार परम्परा अन्धविश्वासमा चलेको संस्कृति होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?