दमौली : तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अधुरा रहेका योजना पूरा गर्नका लागि पुन: मेयर बन्ने इच्छा व्यक्त गरेका छन् ।आइतबार पत्रकार सम्मेलनको आयोजना गरी न्यौपानेले केही अधुरा रहेका परिप्रेक्ष्यमा व्यासलाई उपमहानगरपालिकाको पूर्वाधार निर्माण गर्न बॉकी रहेको महशुस गरेको बताउदै पुन: मेयरको इच्छा व्यक्त बताएका हुन्।
सबैको सहयोगमा विभिन्न महत्वपूर्ण काम भईरसेको ,आउने नयॉ मान्छेलाई बुझ्नै समय लाग्छ, हामीले धेरै अनुभव प्राप्त गरिसकेका छौ, त्यही अनुभवलाई फेरि प्रयोग गरेर न्यौपानेले व्यास नगरपालिकालाई उपमहानगरपालिकाको पूर्वाधार निर्माण गर्न बॉकी रहेको महशुस गरेकोमा जोड दिए । न्यौपानेले पार्टीले टिकट नदिएको खण्डमा पनि पार्टीलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
‘संविधानको निर्माणपछि राज्य पुनसंरचना भई नगरपालिकाको भूगोल बढ्न गाउँ र शहरको विविधताबीच नगरपालिकाको विकास प्रकृया अघि बढाउन चुनौतिपूर्ण थियो,’ उनले भने, ‘सबैको सहयोगमा विभिन्न महत्वपूर्ण काम भएका छन् ।’







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?