
दमौली : तनहुँको व्यास १४ मा नेकपा एमाले र जोशी समुहबाट वडाध्यक्षका उम्मेदवार दिएका नुर बहादुर आलेले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । सोमवार छाब्दी बाराही मन्दिरको दर्शन गरि सुरु गरेका घरदैलो कार्यक्रमलाई आज पनि निरन्तरता दिएका छन ।
घरदैलो कार्यक्रममा मतदाताहरूलाई व्यास १४ वडा अध्यक्षका उम्मेदवार आलेले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाबासी संग गरेका प्रतिबद्दता गरेको काममा निरन्तर दिने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए ।
घरदैलो कार्यक्रममा नेकपा एमाले र जोशी समुहबाट सदस्यका उम्मेदवारहरू नानी माया आले ,गीता परियार ,बुद्धि बहादुर आले र कुमार श्रेष्ठ ले मतदाता समक्ष लोकतन्त्को रक्षाको लागी पनि हाम्रो उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेको थियो ।
नेकपा एमाले र जोशी समुहले घरदैलो कार्यक्रमलाई तिव्रता दिए सगै पछिल्लो दिनहरूमा व्यास १४ मा एमाले र जोशी समुहका उम्मेदवार प्रति मतदाताहरू निकै आर्कषित भएको वडाध्यक्षका उम्मेदवार आलेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?