ऋषिङ १का वडाध्यक्षका उम्मेदवार खिम बहादुर थापा घरदैलोमा

ऋषिङ :  तनहुँको ऋषिङ  गाउँपालिका १ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार दिएका खिम बहादुर थापाले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । सोमवारबाट सुरु गरेका  घरदैलो कार्यक्रमलाई आज पनि निरन्तरता दिएका छन  ।

घरदैलो कार्यक्रममा मतदाताहरूलाई ऋषिङ १का अध्यक्षको उम्मेदवार थापाले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाबासी संग गरेका  प्रतिबद्दता गरेको काममा  निरन्तर दिने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए ।

घरदैलो कार्यक्रममा कांग्रेसबाट सदस्यका उम्मेदवारहरू वडा सदस्यमा सबिना राना, आशा नेपाली ,धन बहादुर आले , भिम बहदुर थापाले   मतदाता समक्ष लोकतन्त्को रक्षाको लागी पनि हाम्रो  उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेको थियो ।

कांग्रेसले घरदैलो कार्यक्रमलाई तिव्रता दिए सगै पछिल्लो दिनहरूमा ऋषिङ गाउँपालिकामा कांग्रेसका उम्मेदवार प्रति मतदाताहरू निकै आर्कषित भएको वडाध्यक्षका उम्मेदवार थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?