देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् : अध्यक्ष ओली – Damauli Online News
Skip

देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् : अध्यक्ष ओली

चितवन :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको बताएका छन् ।

आइतवार चितवनकाे भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि कांग्रेस कार्यकर्ताहरू के हेरेर बसेका छन् भनी प्रश्नसमेत गरे ।उनले कांग्रेस कार्यकर्ताहरू प्रचण्डका छोरी रेणु दाहाललाई फेरि पनि भोट हाल्नु परेकोमा पीडामा रहेको पनि जिकिर गरेका छन्  ।

‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो कांग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन’ उनले भने ।

अध्यक्ष ओलीले कांग्रेस नेताहरूले जसलाई भोट मागे पनि हुने तर कार्यकर्ताहरूले त्यसो गरे कारबाही गर्छु भन्न नमिल्ने पनि बताए ।

error: Content is protected !!