मेयर उम्मेदवार न्यौपाने भने :अतिरञ्जनापूर्ण ढंगले मलाई आक्षेप लगाइयो – Damauli Online News
Skip

मेयर उम्मेदवार न्यौपाने भने :अतिरञ्जनापूर्ण ढंगले मलाई आक्षेप लगाइयो

दमौली: तनहुँको  व्यास नगरपालिकाका मेयर पदका उम्मेदवार वैकुण्ठ न्यौपानेले रिस्तीमा भएको घटनामा आफूलाई अतिरञ्जनापूर्ण आक्षेप लगाइएको बताएका छन्।शुक्रबार राति विज्ञप्ती जारी गर्दै न्यौपानेले  उक्त प्रष्टीकरण दिएका हुन् ।

नगरप्रमुख उम्मेदवार आफैले एमालेका कार्यकर्ता सहित मतदान केन्द्रमा प्रवेश गरि  स्वयं मतपत्र च्यातेको आरोप लगाएको छ ।

न्यौपानेले निर्वाचन सफल बनाउन सहयोग पुर्याउनेप्रति आभार व्यक्त गरेका छन् ।

error: Content is protected !!