घिरिङ–३ मा एमालेको प्यानल विजयी; वडाध्यक्षमा थापा

दमौली : तनहुँको घिरिङ गाउँपालिका–३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा तहलसिं थापा ८  सय ४१ मत प्राप्त गरी विजयी भए भने प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चुननारायण श्रेष्ठले ४  सय ५५ मत प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा एमालेकै इश्वरी श्रेष्ठले ८ सय ९८, दलित महिला सदस्यमा पार्वती विकले ८ सय ८१, खुल्ला सदस्यमा मनिराज थापाले ८ सय ४४ र लोकबहादुर गुरुङले ८ सय ६० मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?