भिमाद–८ मा एमाले प्यानल विजयी; वडाध्यक्षमा अणबहादुर

दमौली : तनहुँको भिमाद नगरपालिका–८ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा अणबहादुर शाही आठ सय १४ मत प्राप्त गरी विजयी भएका छन् भने  उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका श्यामबहादुर तिवारी (ठकुरी) ले छ सय ४६ मत प्राप्त गरे।

खुल्ला सदस्यमा सन्तोष थापा आठ सय ४३, नारायण भुजेल आठ सय ४०, महिला सदस्यमा दमन्तीकुमारी शाही आठ सय ३२ र दलित महिला सदस्यमा पार्वती परियार आठ सय १६ मत प्राप्त गरी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?