Close This

नेता नेम्बाङ,श्रममन्त्री श्रेष्ठ र पूर्वआइजिपी खनाल जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा

काठमाडौं  : तनहुँको  व्यास नगरपालिकाका स्वतन्त्र प्रमुख उम्मेदवार दीपकराज जोशीलाई भेट्न स्वास्थ्य अवस्था बुझ्न एमाले नेता सुवास नेम्बाङ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र पूर्व आइजिपी सर्वेन्द्र खनाल अस्पताल पुगेका छन् ।

व्यास–८ रिस्तीस्थित मतदान केन्द्रभित्रै आक्रमणमा परी घाइते जोशीको स्वास्थ्य अवस्था बुझ्न बुधबार नेम्बाङ, मन्त्री श्रेष्ठ र खनाल फ्रन्टलाइन अस्पताल पुगेका हुन् । अस्पतालमा पुगेर उनीहरुले जोशीको अवस्थाबारे चासो राखेका थिए ।

जोशीको स्वास्थ्य अवस्थामा सुधार भइरहेको परिवार स्रोतले बताएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?