मध्यनेपाल नगरपालिकाको मेयरमा पाण्डे विजयी

भोर्लेटार : लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार पाण्डे निर्वाचित भएका छन ।

पाण्डेले ६ हजार ५ सय ५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) का राजकुमार श्रेष्ठले ६ हजार २ सय १४ मत पाए ।

पाण्डे  यसअघि पनि प्रमुख थिए ।

उप – प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ( एमाले ) की सीता गुरुङ ६ हजार ४ सय १७ मत ल्याएर विजयी भएकी छिन् । उनको प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) केन्द्रका उपेन्द्र अधिकारीले ५ हजार ७४ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?