व्यास-१४ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा काजीमान

दमौली : तनहुँको व्यास नगरपालिका-१४ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ ।वडाध्यक्षमा नेपाली कांग्रेसका काजीमान श्रेष्ठ निर्वाचित भएका छन् ।उनले प्रतिस्पर्धी नेकपा एमालेका नुर बहादुर आलेलाई हराएर वडाध्यक्षमा विजयी भएका हुन । श्रेष्ठले ७२६ मत ल्याएर पुन: वडाध्यक्षमा विजयी हुँदा उनका प्रतिष्पर्धि एमालेका आलेले ३४२ मत ल्याए ।

 उनि वडाध्यक्षमा दोहोरिएका हुन । यसअघि पनि श्रेष्ठ सोही वडाको वडाध्यक्ष थिए ।

सदस्यहरु कांग्रेसकै उम्मेदवार विजयी भएका छन । महिला सदस्यमा नरी माया रानाले ६७४, दलित महिला सदस्यमा कृष्ण माया सुनारले ६४७, खुल्ला सदस्यमा दुर्गा बहादुर आलेले ६२३ र होम लाल थापाले ६१२ मत पाएर विजयी भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?