काठमाडौं : नेकपा एमालेका सांसद शेरबहादुर तामाङले अब युवाहरूलाई रोजगारीको खोजीमा हरियो पासपोर्ट दिएर विदेश पठाउनुको साटो गाँजाका बिरुवा दिएर आत्मनिर्भर बन्न दिनुपर्ने बताएका छन् ।
संसदमा बिहीबार उनले गाँजा खेतीलाई वैधानिकता प्रदान गर्न सरकारसँग माग गर्दै यससम्वन्धी विधेयकलाई कानुनी स्वरूप दिनुपर्ने बताए । उनले भने, ‘संसदमा गैरसरकारी विधेयकको रूपमा दर्ता भएको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई छलफलमा लैजानुपर्छ । यसलाई पारित गरेर वैधानिक बनाऔँ ।’
कानुन बनेमा हरियो पासपोर्ट च्यापेर विदेशको श्रम बजार जाने युवाहरूलाई हरियो गाँजाको बोट समातेर गाउँमा पठाउनेछौँ र कृषिमा नयाँ क्रान्ति हुनेछ भन्दै तामाङले यसले अर्थतन्त्रमा टेवा पुग्ने बताए ।
कपोरेट नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?