व्यास १४ मा वडा स्तरीय योजना तर्जुमा भेला सुरु

दमौली : तनहुँको व्यास नगरपालिका वडा नम्बर १४ मा  आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि वडा स्तरीय भेला सुरु गरेको छ।

नीति, कार्यक्रम तथा बजेटमा वडावासीका सुझाव संकलन गर्ने उद्धेश्य सहित वडाले भेला आयोजना गरेको हो ।

कार्यक्रम नगरप्रमुख  बैकुण्ठ न्यौपाने , उपप्रमुख  इन्दिरा दरै , वडा अध्यक्ष काजीमान श्रेष्ठ,वडा सदस्य होमलाल थापा,कृष्ण माया सुनार विभिन्न राजनीतिक दलका प्रतिनिधि , विभिन्न टोलका अध्यक्ष  र आमा समुह अध्यक्ष लगएतका  सहभागी रहेको  थियोे ।                                                                                                                            उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यौपानेले योजनाको बरेमा वडा स्थारिय र नगर स्थरिय बजेट साथै अधुरा योजनाको बारेमा  बारेमा स्पष्ट परेका थिए ।

त्यस्तै उप- प्रमुख दरैले अब नगरपलिका काम गर्न जादा कुनै किसिमको झन्झत नहुने र कर्मचारीले दुख दिए अफुलाई तुरुन्त सूचना दिएको खण्डमा काम कारबही गर्ने बताएकि छिन।उनले विशेष गरि महिलाहरुको हकहितमा काम गर्ने समेत बताइन।

कार्यक्रमको स्वागत मन्तव्य भने वडा अध्यक्ष काजीमान श्रेष्ठले गरेका थिए ।  सोही कार्यक्रममा व्यास १४ को गत बर्षमा सम्पन्न योजनाहरु ,योजना फर्फर र सम्झौता हुन बांकी योजनाहरुको बरेमा बिस्तृत रूपमा सार्बजनिक गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?