नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन सुरु

मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिका– ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाउने काम सकिएसँगै दुईतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले अहिले सडक सञ्चालनमा आए पनि पानी परिरहेको र विभिन्न ठाउँमा पहिरो खसिरहेको भन्दै सुरक्षित भएर यात्रा गर्न अनुरोध गरेका छन्।

पहिरो खसेपछि बुधबार रातिदेखि नारायणगढ–मुग्लिन सडक दुईतर्फी रूपमा नै अवरुद्ध  थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?