सडक भासिएपछि बिरामीलाई हेलिकप्टरबाट काठमाडौ लगियो

दमाैली : आँबुखैरेनी गाउँपालिका–४ स्थित पावर हाउस नजिक शुक्रबार बिहान सडक भासिएपछि राजमार्ग अवरुद्ध भएपछि  एक बिरामीलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौ लगिएको छ ।

गोरखाको बारपाकका ५२ वर्षीय बालशम्सेर गुरुङलाई एयर डाइनेष्टीको हेलिकप्टरबाट शुक्रवार काठमाडौ लगिएको हो ।

सडकमार्ग हुँदै जान नसकिने भएपछि दमौलीमा हेलिकप्टर मगाएर काठमाडौ लगिएको परिवारले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?