दमौली : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ ।
यसैगरी, डिजेल र मट्टितेलको मूल्य २७ रुपैयाँले बढेर प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । हवाई इन्धनको मूल्य आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि भएरप्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको हो । बढेको मूल्य आइतबार राति १२ बजेदेिख लागू भएको छ । पछिल्लो १५ दिनमा मात्र निगमलाई करिब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा भएको जनाइएको छ । गत असार २ गते इण्डियन आयल कर्पोरेसनले तेलको बढेको मूल्य पठाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?