काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि सोमबार (आज) निर्वाचन हुने भएको छ । काठमाडौंको बुढानिलकण्ठस्थित पार्कभिलेज रिसोर्टमा निर्वाचन कार्यक्रम सुरू गर्ने तयारी गरिएको हो । सुरुवातमा उद्घाटन सत्र र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने एन्फाको भनाइ छ ।
फुटबल सङ्घको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पङ्कजबिक्रम नेम्वाङ र राजिव पौडेल प्रतिस्पर्धामा उत्रिएका छन् ।
शेर्पा र नेम्वाङबीच चर्को प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुवै जना प्यानल सहित चुनावी मैदानमा छन् । एन्फाको २१ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो । अध्यक्षका प्रत्यासी राजिव पौडेलले अध्यक्षमा एकल उम्मेदवारी दिएका छन् ।
एन्फाको निर्वाचन प्रक्रियामा जिल्ला, राष्ट्रिय लिगमा छनोट मोफसलका चार क्लब, एन्फाका चार सङ्घ , ए, बी र सी डिभिजन क्लब सहभागी छन् ।
जम्मा ८४ भोटरले एन्फा निर्वाचनमा मताधिकार पाएका छन् ।जसमा ४४ जिल्ला, चार राष्ट्रिय लिगका क्लब, चार एन्फा संघ, ए डिभिजनका १४ क्लब, बीका ११ र सीका ९ क्लबले मत हाल्न पाउने बताइएको छ ।
यस्तो छ प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारको नामावली
अध्यक्ष पंकज विक्रम नेम्वाङ कर्मा छिरिङ शेर्पा राजीव राज पौडेल वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का (नेम्वाङ प्यानल) शिक्षित पराजुली (शेर्पा प्यानल) उपाध्यक्ष विराट जंग शाही, दावा लामा, दीपक खतिवडा, सुन्दर नरसिंह जोशी (नेम्वाङ प्यानल) उपेन्द्र मान सिंह, विज्ञान राज शर्मा, दीर्घ बहादुर केसी र रत्न कुमार श्रेष्ठ (शेर्पा प्यानल)
सदस्यहरु
नेम्वाङ प्यानल – महेन्द्र क्षेत्री, नेपाल कार्की, निरज खड्गी, विजय घले, मुखिया लामा लिलि, पुरुषोत्तम थापा, भोजराज शाही, अनिल मल्ल, विकास नारायण श्रेष्ठ, रविन्द्र चन्द, दिपेन्द्र धिमाल, प्रविण सुवाल, तपेश्वर राउत, विन्द्रा देवान र सरिला श्रेष्ठ
शेर्पा प्यानल –अनिल श्रेष्ठ, भरत बुपा, मनिष जोशी, रमेश व्यन्जनकार, पेमा डोल्मा लामा, बिना श्रेष्ठ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठौंर, रुपेश अधिकारी, विनोद लामा तामाङ, दिपक थापा क्षेत्री, प्रविण कुमार यादव, राम राज गुरुङ, मणि राज विष्ट र टिका लामा
स्वतन्त्र उम्मेदवार –मिलन गुरुङ र सुरेन्द्र शिख्रकार, सुन्दर थापा क्षेत्री र कुमार कटवाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?