ओपनर बिन्दु रावल २८ बलमा २३ रन बनाउँदै एलबीडब्ल्यु आउट भइन् । छैटौं क्रममा आएकी ममता चौधरी ७ रनमा रनआउट भइन् । सातौं क्रमकी ब्याटर कविता जोशीलाई ४ रनमा एलिशा हर्बडले बोल्ड आउट गराइन् ।
खेलमा लगातार विकेट गुमाएको नेपालले १५ ओभरपश्चात मात्र सम्हालिएको खेल प्रस्तुत गरेको थियो । पाँचौ क्रममा आएकी रुबिना क्षेत्री र सातौं क्रममा आएकी अप्सरी बेगमको रनको ४४ रनको साझेदारीले नेपाललाई खेलमा फर्काएको हो । रुबिना ३२ रन र अप्सरी बेगम २२ रनमा अविजित रहे ।
समूह ‘बी’ मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?