अर्थ मन्त्रालयले आज निगमलाई पत्र लेख्दै जग्गा धितो राखेर आफूले दिनुपर्ने रकम सोधभर्ना गर्न भनेको हो । यससँगै निगमले तेल किनेबापत भारतीय आयल निगमलाई तिर्नुपर्ने अर्बौ रुपैयाँ भुक्तानी गर्न आफ्नो केन्द्रीय कार्यालय रहेको जग्गा नै धितोमा राख्न लागेको हो ।
खासगरी, यतिबेला एक लिटर पेट्रोलको लागत मूल्य २१२ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २०५ रुपैयाँ छ । यसमध्ये, निगमले शनिबारसम्म १९९ रुपैयाँमा पेट्रोल र १९३ रुपैयाँ प्रतिलिटरमा डिजेल बिक्री गर्दै आइरहेको थियो । यसो गर्दा निगमले मासिक ४ अर्ब ७० करोड रुपैयाँ घाटा ब्यहोर्यो । जबकी, डिजेल र मट्टितेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर समायोजन गरेपछि निगमलाई मासिक ५ अर्ब घाटा थपिएको छ ।
‘यी दुई वटा घाटा जोड्दा निगमले मासिक ९ अर्ब ६७ करोड घाटा व्यहोर्ने भएको छ,’ स्रोत भन्छ, ‘यस्तै, भारतबाट समेत नयाँ मूल्यसूची बढेर आउने देखिएको छ । त्यसपछि झनै घाटा बढ्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?