आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध

दमौली : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिनमा मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा  सडकखण्ड अवरुद्ध भएको छ ।

पहिरोले उक्त सडकखण्ड दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्का जानकारी दिए । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरामा पहिरो जाँदा आज बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?