दमौली : पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी मुग्लिन खण्ड सुचारु भएको छ । बुधबार बिहान ६ बजेदेखि पहिरो खसेका कारण अवरुद्द बनेको थियो ।
आँबुखैरेनी–२ स्थित ऐना पहरा र ढाबटारमा पहिरा खस्दा अबरुद्व भएको राजमार्ग चार घण्टा पछि सुचारु भएको हो । पहिरो पन्छाएपछि अबरुद्व राजमार्गमा सवारीसाधान सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मंगलबार राती देखि अबिरल बर्षा परेका कारण पहिरा खस्दा राजमार्ग अबरुद्व भएको हो । लामो समय राजमार्ग अबरुद्व हुँदा सयौं सवारीसाधनहरु रोकिन पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?