युविनाको उपचारको लागि टिम नेपोले गरे आर्थिक सहयोग

दमौली : विद्यालय जाने क्रममा खोलाले बगाएर घाइते भएकी ४ बर्षीय युविना थापाको उपचारको लागि टिम नेपो तनहुँले आर्थिक सहयोग गरेको छ । व्यास नगरपालिका ११ स्थित बसन्त आधारभूत विद्यालयमा अध्यनरत बालिकाको उपचारको लागि रु.दश हजार आर्थिक सहयोग गरेका हुन् ।

स्थानयि  बुल्दी खोलाले बगाउने क्रममा बालिकाको पाठेघरमा काठको टुक्रा अड्किन गइ गहिरो चोट लागेर उपचारमा समस्या भएकोले आर्थिक सहयोग गरिएको टिम नेपो तनहुँका सचिव रबि अधिकारी लगायतका पदाधिकारीहरुले बालिकाको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?