१७ डिआइजीको पदस्थापन

काठमाडौं : नेपाल प्रहरीका हालै बढुवा भएका १७ प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदस्थापन भएको छ। गृह मन्त्रालयले आइतबार १७ जना प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) लाई डिआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
मन्त्रालयले निर्णय गरेसँगै प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी दर्ज्यानी चिह्न लगाइएको थियो। त्यससँगै कार्यालयले उनीहरूको पदस्थापन गरेको हो। पहिलो नम्बरमा बढुवा भएका बसन्तबहादुर कुँवरको कार्य विभाग, कार्य निर्देशनालय नक्सालमा पदस्थापन भएको छ।

पदोन्नतिपछि दज्र्यानी चिह्न प्राप्त गर्ने डिआइजीमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?